एक किलो कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

हिमाल प्रेस ७ वैशाख २०८० १५:३७ | Thursday, April 20, 2023
एक किलो कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले लागुऔषध कोकिन १ किलो ८० ग्रामसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत उत्तरप्रदेशस्थित अलिग्राहका ५१ वर्षीय रविन्द्रकुमार परासर र केन्याकी ६३ वर्षीया पिलिसिला वान्जा एन्ड्रिटुलाई रहेको प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।

रविन्द्रकुमारलाई वैशाख ५ गते काठमाडौँको ठमेलस्थित एक होटलबाट पक्राउ गरिएको हो। एन्ड्रिटुलाई ठमेलकै अर्को होटलबाट एक हजार अमेरिकी डलरसहित पक्राउ गरिएको ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।

उनीहरूको साथबाट कालो रंगको कपडाको झोलाभित्र लुकाइरहेको खैरो रंगको लेडिज ब्यागमा फल्स बटम बनाइ लुकाइछिपाइ राखिएको अवस्थामा कोकिनसहित पक्राउ गरिएको उनले बताए। केनियन महिलाबाट एक सय अमेरिकी डलर पनि बरामद भएको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ वैशाख २०८० १५:३७ | Thursday, April 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast