भगवती चौधरीको विजय जुलुसमा झडप

हिमाल प्रेस १४ मंसिर २०७९ २०:०९ | Wednesday, November 30, 2022
भगवती चौधरीको विजय जुलुसमा झडप

इटहरी– सुनसरीको दुहवीमा नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ताबीच झडप भएको छ। सुनसरी ३ मा एमालेबाट निर्वाचित भगवती चौधरीको विजयी जुलुसको क्रममा सामान्य विवाद हुँदा उनीहरूबीच झडप भएको हो।

दुहवी नगरपालिका ९ स्थित सोही वडाका वडाध्यक्षको घरनजिक दुवै पक्षबीच सामान्य विवादले झडपको स्थिति आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभु ढकालले जनकारी दिए।

एसपी ढकालले भने, ‘हामीलाई अबिर किन लगाइयो?, हिजो राति डिजे किन बजाइयो? भन्दै केही व्यक्तिले सामान्य विवाद गर्न थालेपछि झडपको स्थिति आएको देखिन्छ।’

दुवै पक्षलाई प्रहरीले करिब एक सय ५० मिटर टाढा राखेपछि अवस्था सामान्य भएको उनले बताए ।

झडपमा केही व्यक्ति सामान्य घाइते भएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सुनसरी ३ मा सत्तागठबन्धनबाट नेपाली कांग्रेसका विजय गच्छदार र चौधरीबीच प्रतिनिधिसभा सदस्यमा प्रतिष्पर्धा हुँदा चौधरी विजयी भएकी हुन्।

प्रकाशित: १४ मंसिर २०७९ २०:०९ | Wednesday, November 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast