सुडानबाट आफ्ना नागरिक फर्काउँदै जापान

हिमाल प्रेस ६ वैशाख २०८० १९:२७ | Wednesday, April 19, 2023
सुडानबाट आफ्ना नागरिक फर्काउँदै जापान फाइल तस्बिर।

टोकियो- जापानले सुडानबाट आफ्ना नागरिक फर्काउने भएको छ। जापान सरकारले द्वन्द्वग्रस्त सुडानबाट आफ्ना नागरिकलाई फर्काउने तयारी थालिएको जानकारी बुधबार गराएको हो। आफ्ना नागरिकको उद्धारको घोषणा गर्दै जापानले सुडानबाट आफ्ना नागरिकलाई फर्काउने बताएको हो।

सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीच भड्किएको द्वन्द्वमा करिब २ सय जनाले ज्यान गुमाएका छन्। २ हजारभन्दा बढी घाइते भएका छन्।

जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले दूतावासका कर्मचारीसहित करिब ६० जना जापानी नागरिक सुडानमा रहेका बताउँदै उनीहरूको उद्धार गर्न रक्षा मन्त्रालयले आवश्यक तयारी गरेको बताए।

सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र उनका सहायतक मोहमद हमदान डगालो नेतृत्वको अर्धसैनिक बल आरएसएफबीचको जारी द्वन्द्वका कारण जनजीवन अस्तव्यस्त भएको छ। राजधानीका साथै अन्य शहरका भीडभाडयुक्तस्थलमा विष्फोट, हवाई हमलाका साथै गोली हानाहानका घटना भएका छन्।

उत्तरपूर्वी यो अफ्रिकी मुलुकमा सन् २०२१ मा लामो समयदेखि शासनसत्ता सञ्चालन गरेका तो ओमार अल बशीरलाई सत्ताच्युत गरेपछि बुहारन र डगालोबीचको शक्ति संघर्षले चरमरूप लिएको हो।

सुडानमा नागरिक शासन कसरी पुनःस्थपान गर्ने भन्नेमा उत्पन्न मतभेद नै यो युद्धको कारण बनेको छ। रासस/एएफपी

प्रकाशित: ६ वैशाख २०८० १९:२७ | Wednesday, April 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast