मिटरब्याजपीडितमाथिको धरपकड घटनाको छानबिनका लागि समिति गठन

हिमाल प्रेस ६ वैशाख २०८० ७:०९ | Wednesday, April 19, 2023
मिटरब्याजपीडितमाथिको धरपकड घटनाको छानबिनका लागि समिति गठन

काठमाडौँ- काठमाडौँस्थित शान्तिबाटिकामा मिटरब्याजपीडितमाथि भएको धरपकडको घटनामा छानबिन समिति गठन भएको छ।

गृह मन्त्रालयको निर्देशनमा काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी खत्रीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो।

समितिले घटनाको छानबिन गरी रिपोर्ट बुझाउने छ। सो घटनामा प्रहरीका डीएसपीसहित ८ जना घाइते भएका थिए भने आन्दोलनकारीतर्फ पनि २० जना घाइते भएका थिए।

प्रकाशित: ६ वैशाख २०८० ७:०९ | Wednesday, April 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast