काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्। मंगलबार साँझ अचानक स्वास्थ्यमा समस्या आएपछि पौडेललाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो।
यसअघि पनि पौडेलको छातीमा समस्या आएको थियो। उनको छातिमा जमेको पानी निकालेर परीक्षणका लागि पठाइएको छ। त्यसपछि उनी डिस्चार्ज भएका थिए।
मंगलबार साँझ भर्ना भएका पौडेललाई भेट्न रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पताल पुगेका थिए।
प्रकाशित: ५ वैशाख २०८० २०:४३ | Tuesday, April 18, 2023
प्रतिक्रिया




