सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रका समस्या समाधान गर्नुपर्छ : अर्थमन्त्री डा. महत

हिमाल प्रेस ४ वैशाख २०८० १५:५७ | Monday, April 17, 2023
सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रका समस्या समाधान गर्नुपर्छ : अर्थमन्त्री डा. महत

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रका समस्या समाधान गर्नुपर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिने क्रममा उनले सरकार र निजी क्षेत्र मिलेर अहिले देखिएका अर्थतन्त्रका समस्या समाधान गर्नुपर्ने बताएका हुन्। ‘वर्तमान समयमा उद्योगी व्यवसायीहरूमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको छ,’ उनले भने, ‘केही अप्ठ्यारा र व्यवधान छन्। सरकार र निजी क्षेत्र मिलेर यी अप्ठ्यारा र व्यवधान हटाउनुपर्नेछ।’

गत चैत २९ गते भएको महासंघको ५७औँ वार्षिक साधारणसभापछि महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल बनेका छन्। ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत रहेका उद्यमी ढकालको हातमा नेतृत्व पुगेकाले अर्थतन्त्रमा देखिएका समस्या समाधानका ढकालले सबै कुरा बुझेको मन्त्री महतले बताए। ‘महासंघको नेतृत्व बैंकर्सको हातमा पुगेको छ। देशको अर्थ व्यवस्थाबारे उहाँ जानकार हुनुहुन्छ,’ डा. महतले भने, ‘समाधान गर्ने पहल गरौँ। यो अप्ठ्यारोमा एकअर्कालाई सहयोग गर्ने समय हो।’

अर्थतन्त्र सुधारका सम्बन्धमा राष्ट्र बैंकको नेतृत्वसँग औपचारिक र अनौपचारिक छलफल गरिएको मन्त्री महतले बताए। ब्याजदर बढ्दा अर्थतन्त्रमा समस्या देखिएको र अहिले बैंकर्स एसोसियसनले ब्याजदरमा हेरेफेर गरेको उनको भनाइ थियो। यसले अहिलेको अप्ठ्यारालाई थोरै भए पनि सहज गर्न मद्दत गर्न सक्ने उनले बताए।

प्रकाशित: ४ वैशाख २०८० १५:५७ | Monday, April 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast