एमाले मिसन ग्रासरुट अभियानमा आजदेखि प्रादेशिक समीक्षा

हिमाल प्रेस ४ वैशाख २०८० १०:२४ | Monday, April 17, 2023
एमाले मिसन ग्रासरुट अभियानमा आजदेखि प्रादेशिक समीक्षा

काठमाडौँ- नेकपा एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत आजदेखि प्रदेश समीक्षा सुरु हुँदैछ।

पार्टीको संगठन विस्तार र सुदृढीकरणका लागि दुई महिना अघि सुरु भएको अभियानअन्तर्गत आजदेखि प्रदेश समीक्षा सुरु हुने भएको हो।

समीक्षा बैठक कर्णालीबाट सुरु हुने एमाले केन्द्र पार्टी कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले बताए।

उनका अनुसार कर्णालीमा वैशाख ४ र ५, लुम्बिनीमा ६ र ७ तथा सुदूरपश्चिममा १० र ११ गते हुनेछ।

त्यसैगरी १२ र १३ गते गण्डकी, १४ र १५ गते मधेश प्रदेश, १९ र २० बागमती, २१ गते सम्पर्क समन्वय कमिटी र २२ गते उपत्यका विशेष कमिटीको समीक्षा बैठक हुनेछ।

प्रदेशका समीक्षा बैठकमा महासचिव शंकर पोखरेल उपस्थित हुने, उपमहासचिवहरु प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल आवश्यकता अनुसार समीक्षा बैठकमा जाने एमालेले जनाएको छ ।

प्रकाशित: ४ वैशाख २०८० १०:२४ | Monday, April 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast