७५ देशका ७४३ जनाले लिए हिमाल आरोहणको अनुमति

हिमाल प्रेस ३ वैशाख २०८० १८:१५ | Sunday, April 16, 2023
७५ देशका ७४३ जनाले लिए हिमाल आरोहणको अनुमति फाइल तस्बिर।

काठमाडौँ- वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि ७५ देशका आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार आइतबारसम्म २३ हिमाल आरोहणका लागि ७५ देशका ७४३ आरोहीले अनुमति लिएका हुन्। ७४३ मा १५९ महिला र ५८४ जना पुरुष आरोही रहेका विभागले जानकारी दिएको छ।

२३ हिमालमध्ये सबैभन्दा धेरै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति लिनेको संख्या छ। यो सिजनका लागि आइतबारसम्म सगरमाथा आरोहण गर्न ३१९ जनाले अनुमति लिएको पर्यटन विभागको तथ्यांक छ।

सबैभन्दा कम चाहिँ सुर्मा सरोबर उत्तर, तुत्से र तेन्जी रागी ताउ हिमालका लागि दुई–दुई जनाले अनुमति लिएका छन्। यी तीन हिमाल ६ हजारदेखि ७ हजार मिटर उचाइका हुन्।

हिमाल आरोहणको अनुमति लिनेमध्ये ठूलो संख्या अमेरिकी आरोहीको छ। आइतबारसम्म विभिन्न हिमाल आरोहणको अनुमति लिने अमेरिकी आरोहीको संख्या ९८ पुगेको छ।

दोस्रोमा भारत छ। वसन्त ऋतुका लािग ६३ भारतीय आरोहीले हिमाल आरोहीको अनुमति लिएका छन्। त्यसैगरी चीनका ५८, नेपाल र रसियाका समान ४२ जनाले अनुमति लिएका छन्। क्यानडाका ३६, जापान र फ्रान्सका ३३/३३, अस्ट्रेलियाका २४ जना आरोहीले आरोहण अनुमति लिएका छन्।

प्रकाशित: ३ वैशाख २०८० १८:१५ | Sunday, April 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast