पदभार सम्हालेलगत्तै परराष्ट्रमन्त्रीले भने : प्रधानमन्त्रीको भारत भ्रमणबारे तयारी हुन्छ

हिमाल प्रेस ३ वैशाख २०८० १६:३१ | Sunday, April 16, 2023
पदभार सम्हालेलगत्तै परराष्ट्रमन्त्रीले भने : प्रधानमन्त्रीको भारत भ्रमणबारे तयारी हुन्छ

काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउदले पदभार सम्हालेका छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएसँगै उनले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण गर्दै उनले छिमेकी देश र विश्वभरीका सबै देशसँगको सम्बन्धन घनिष्ठ बनाउँदै लैजाने बताए। प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा पनि मन्त्रालयले काम गरिरहेको र त्यसबारे आफूले ब्रिफिङ लिन बाँकी रहेको उनको भनाइ छ।

‘नेपाल शान्तिपूर्ण मुलुक हो। संसारका सबै देशहरुसँग हाम्रो लामो समय देखि राम्रो सम्बन्ध छ,’ उनले भने, ‘हामीले आगामी दिनमा विश्वभरका र छिमेकी देशहरुसँगको सम्बन्धलाई घनिष्ठ बनाउँदै जाने छौं। प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा मन्त्रालयले काम गरिरहेको छ। तर यसबारे मैले ब्रिफिङ लिन बाँकी छ। अब थप तयारी हुन्छ।’

साउदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार आठौं पटक विस्तार गर्दै परराष्ट्रमन्त्री नियुक्त गरिएको हो। आजै नेकपा एकीकृत समाजवादीकी नन्दा चपाईं पनि भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी छन्।

प्रकाशित: ३ वैशाख २०८० १६:३१ | Sunday, April 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast