गत वर्ष पाँच सय मेगावाट बिजुली थपियो

हिमाल प्रेस ३ वैशाख २०८० १५:२५ | Sunday, April 16, 2023
गत वर्ष पाँच सय मेगावाट बिजुली थपियो प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- गत वर्ष २०७९ मा मात्रै मुलुकको विद्युत प्रणालीमा पाँच सय मेगावाट बिजुली थप भएको छ। नेपाल विद्युत् प्राधिकरणले ऊ जानकारी दिँदै प्रणालीमा थप हुने क्रम निरन्तर रहेको बताएको हो।

प्रणालीमा बिजुली थप हुने क्रम बढ्दै गएको र अहिलेकै अनुपातमा बढेमा आगामी असार मसान्तसम्म मुलुकको विद्युत जडित क्षमता करिब ३ हजार मेगावाट बराबर पुग्ने प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणका अनुसार हालसम्म २ हजार ६ सय ८९ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ। आगामी असारसम्म थप १५ आयोजना निर्माण सम्पन्न प्राधिकरणले जानकारी दिएको छ।

कुल जडित क्षमतामा प्राधिकरणका सहायक कम्पनीले निर्माण गरेका आयोजना समेत छन्। गत वर्षभरी १९ वटा आयोजना पूर्णरूपमा सञ्चालनमा आएका प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणकाअनुसार ९ वटा आयोजना परीक्षणको अन्तिम चरणमा पुगेका छन्।

ती आयोजनाको बिजुली पनि प्रणालीमा जोडिसकेको छ। यो वर्ष प्रणालीमा जोडिएका जलविद्युत परियोजनामध्ये निजी क्षेत्रले निर्माण गरेको सबैभन्दा ठूलो आयोजना सोलुखोला दूधकोशी हो। उक्त आयोजना साहस ऊर्जाले निर्माण गरेको हो। सो आयोजनाले गत फागुन १७ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको हो।

जलविद्युत आयोजनाबाहेक सौर्य परियोजना पनि प्रणालीमा जोडिएका छन्। गत वर्ष ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीलगायत आयोजना प्रणालीमा जोडिँदा त्यसले मुलुकको ऊर्जा क्षेत्रमा नै रणनीतिक परिवर्तन गरिदिएको प्राधिकरणको भनाइ छ।

वर्षायाममा पूर्णरूपमा बिजुलीमा आत्मनिर्भर बनेको मुलुक हिउँदमा पनि सहज अवस्थामा पुग्न लागेको छ। निर्माणका क्रममा रहेका ३ हजार २ सय ८० मेगावाट क्षमताका आयोजना विभिन्न चरण निर्माणाधीन छन्। ती सबै आयोजना निर्माण सम्पन्न भएपछि नेपालको विद्युत प्रणालीमा करिब ७ हजार मेगावाट बिजुली पुग्ने प्राधिकरणको भनाइ छ। ।रासस

प्रकाशित: ३ वैशाख २०८० १५:२५ | Sunday, April 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast