बाढीले क्षतिग्रस्त नुवाकोटको विद्युत् लाइन वैकल्पिक माध्यमबाट सञ्चालन गरिँदै

हिमाल प्रेस ११ भदौ २०८३ १४:५८ | Thursday, August 27, 2026
बाढीले क्षतिग्रस्त नुवाकोटको विद्युत् लाइन वैकल्पिक माध्यमबाट सञ्चालन गरिँदै

काठमाडौँ- नुवाकोटमा बाढीका कारण क्षतिग्रस्त विद्युत् लाइनलाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्ने तयारी गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणको बालाजु वितरण केन्द्रका अनुसार बालाजु-त्रिशूली ६६ केभी लाइनलाई ११ केभी मनमैजु फिडरमार्फत चार्ज गर्ने कार्यका लागि बालाजु सबस्टेशनतर्फको आवश्यक काम सम्पन्न भएको छ।

लोड व्यवस्थापनका लागि मनमैजु फिडरमा रहेको सम्पूर्ण विद्युत् भार विष्णुमती तथा थापागाउँ फिडरमा स्थानान्तरण गरिएको वितरण केन्द्रले जनाएको छ।

नुवाकोटतर्फको आवश्यक प्राविधिक काम सम्पन्न भएपछि बालाजु-त्रिशूली ६६ केभी लाइनलाई वैकल्पिक माध्यमबाट चार्ज गरी उक्त लाइनमार्फत समेत विद्युत् आपूर्ति सञ्चालन गरिने जनाइएको छ।

बाढीका कारण नुवाकोट क्षेत्रमा विद्युत् संरचनामा क्षति पुगेपछि अवरुद्ध विद्युत् आपूर्ति सहज बनाउन वैकल्पिक माध्यमबाट लाइन सञ्चालनको काम अघि बढाइएको हो।

प्रकाशित: ११ भदौ २०८३ १४:५८ | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast