जुम्लामा फापर खेती घट्दै

हिमाल प्रेस ३० चैत २०७९ २१:३८ | Thursday, April 13, 2023
जुम्लामा फापर खेती घट्दै

जुम्ला- जुम्लामा फापर खेती गर्नेको संख्या घटेको छ। हिमाली भेगमा उत्पादन हुने फापर खेती गर्नेको संख्या घट्न थालेको हो। व्यावसायिक रूपमा फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा लोपोन्मुख अवस्थामा पुगेको छ। उच्च रक्तचाप तथा मधुमेहका बिरामीले फापरका परिकार खाने गर्छन्।

यो परिकार उपभोग गर्दा मधुमेह, उच्च–रक्तचाप, कब्जियत, मोटोपन घटाउन सहयोग पुग्ने र मानिसको स्मरणशक्ति बढाउन लाभदायक हुने विश्वास छ।

नेपालमा हाल तीते र मीठो गरी दुई थरीको फापरको उत्पादन हुँदै आएको छ। जुम्लामा आर्थिक वर्ष २०७८÷८९ को तथ्यांकअनुसार ९० हेक्टर क्षेत्रफलमा ९९ मेट्रिक टन फापर उत्पादन भएको थियो।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले पछिल्लो समय फापर उत्पादनमा लाग्ने किसानको संख्या घटेको बताए।

जुम्लाको चन्दननाथ नगरपालिका–१ गौरीनन्द आचार्यले जिल्लामा पछिल्लो समय किसानले फापर खेती गर्न छाडेको बताए। खेतीयोग्य जमिनमा रैथाने बाली हराउन थालेको छ। अहिले कृषि पेशामा युवा जनशक्तिको आकर्षण छैन।

खेतीयोग्य जमिनमा अहिले खेती गर्न छाडेर बाँझो बनाउन थालिएको छ। परम्परागतरूपमा खेती गर्ने पाका पुस्ताले मात्र रैथानबाली लगाउँदै आएका छन्। पुराना अन्नबाली उत्पादनमा युवाको चासो छैन।

दशक अघिसम्म ग्रामीण क्षेत्रका उच्च भागमा फापरको खेती व्यापक हुन्थ्यो तर अहिले तिनको उत्पादनमा कमी भए पनि बजारमा माग भने बढेको तिला गाउँपालिका–१ स्थानीयवासी नर रावत बताउँछन्। रासस

प्रकाशित: ३० चैत २०७९ २१:३८ | Thursday, April 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast