अर्थतन्त्र सुधार गर्दै व्यवसायीको हितमा काम गर्छु : महासंघ अध्यक्ष ढकाल

हिमाल प्रेस ३० चैत २०७९ १९:३४ | Thursday, April 13, 2023
अर्थतन्त्र सुधार गर्दै व्यवसायीको हितमा काम गर्छु : महासंघ अध्यक्ष ढकाल

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई जनताले हेर्ने दृष्टिकोण सकारात्मक बनाउने बताएका छन्।

महासंघको अध्यक्ष पदमा निर्वाचित भएपछि बिहीबार पद तथा गोपनियताको शपथ ग्रहणपश्चात अध्यक्ष ढकालले यस्तो बताएका हुन्। आफ्नो कार्यकालमा निजी क्षेत्रलाई हेर्न दृष्टिकोण परिर्वतन गर्ने काम सुरु भएको भन्दै केही दिनमा यसको नतिजा देखिने उनको भनाइ छ।

अर्थतन्त्र सुधारका लागि जिल्ला नगरबाट आएका मागहरू तत्काल समाधान गर्ने बताउँदै उनले पछिल्लो समय कोभिड महामारीलगायत अन्य बाह्य कारणले गुमेको रोजगारी बढाउन, राज्यको नीति व्यवसायीमैत्री बनाउन पहल गर्ने जनाए।

महासंघमा नेतृत्वलाई गाली गर्नुभन्दा पनि सबैबीच सहकार्य गर्न आवश्यक रहेको बताउँदै उनले नेपालमा वैदेशिक लगानी ल्याउन नीति सुधार गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। महासंघको आफ्नो कार्यकालमा केही न केही सुधार गर्ने साथै चुनावसम्म पक्ष विपक्ष भए पनि अब सबै एक भएर महासंघलाई सुधार गर्ने उनले बताए।

अध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्षमा सर्वसहमतिका लागि ठूलो छाती गरेको भन्दै ढकालले अर्का प्रत्यासी उमेशलाल श्रेष्ठको प्रशंसा गरे। निजी क्षेत्रले अन्तिमसम्म प्रयास गरेर सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चयन गरेको भन्दै यसले निजी क्षेत्रले चाहँदा गर्न सक्ने उदाहरण बनेको उनको भनाइ छ।

महासंघ आफ्नो विधानअनुसार ढकाल स्वतः अध्यक्ष चयन भएका हुन्। उनले बिहीबार नै महासंघका निःवर्तमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनियताको शपथ लिएका हुन्। अध्यक्षलाई पद तथा गोपनियताको शपथपश्चात बोल्दै निःर्वतमान अध्यक्ष गोल्छाले अध्यक्ष ढकालले अर्थतन्त्र सुधार र व्यवसायीका हक हितमा काम गर्न साथमा लागेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: ३० चैत २०७९ १९:३४ | Thursday, April 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast