प्युठानका मल्लरानी र सरुमारानी आर्थिक अनुशासनमा देशकै उत्कृष्ट

हिमाल प्रेस ३० चैत २०७९ १९:२१ | Thursday, April 13, 2023
प्युठानका मल्लरानी र सरुमारानी आर्थिक अनुशासनमा देशकै उत्कृष्ट

काठमाडौँ- आर्थिक अनुशासनमा प्युठानको मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिका देशभरकै उत्कृष्ट पाइएका छन्। गत आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदनअनुसार प्युठानका दुवै गाउँपालिका देशभरकै उत्कृष्ट पाइएका हुन्।

महालेखा परीक्षक कार्यालयले बिहीबार सार्वजनिक गरेको ६०औँ वार्षिक प्रतिवेदनले मल्लरानी र सरुमारानी गाउँपालिकामा शून्य बेरुजु रहेको हो। प्रतिवेदनअनुसार तेह्रथुमको आठराई गाउँपालिका सबैभन्दा बढी बेरुजु रहेको स्थानीय तह रहेको छ।

सो गाउँपालिकामा गत आर्थिक वर्षमा पालिका बजेटको २०.३१ प्रतिशत बेरुजु रहेको छ।

महालेखाले १५ प्रतिशतभन्दा बढी बेरुजु रहेका स्थानीय तहको संख्या ६ वटा रहेको छ। ५ देखि १५ प्रतिशत बेरुजु रहेका स्थानीय तहको संख्या २ सय ५ र ५ प्रतिशतभन्दा कम बेरुजु रहेका स्थानीय तहको संख्या ५ सय ४० रहेको महालेखाले उल्लेख गरेको छ।

पौनै ६ खर्ब नाघ्यो सरकारी बेरुजु

संघीय मन्त्रालयहरूमा गत वर्ष मात्रै १९ अर्ब भ्रष्टाचार

 

 

प्रकाशित: ३० चैत २०७९ १९:२१ | Thursday, April 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast