पौनै ६ खर्ब नाघ्यो सरकारी बेरुजु

हिमाल प्रेस ३० चैत २०७९ १६:३६ | Thursday, April 13, 2023
पौनै ६ खर्ब नाघ्यो सरकारी बेरुजु

काठमाडौँ- महालेखा परीक्षकको कार्यालयले ६०औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। आर्थिक वर्ष २०७८/७९को लेखापरीक्षण गरिएको प्रतिवेदन बिहीबार राष्ट्रपति पौडेललाई बुझाइएको महालेखा परीक्षक कार्यालयका प्रवक्ता रबिन्द्रप्रसाद देवकोटाले जानकारी दिए।

उनका अनुसार गत आर्थिक वर्षमा सरकारको बेरुजु रकम करिब १ खर्बले बढेको छ। ग्त वर्षको समेत गरेर सरकारी बेरुजु ५ खर्ब ८७ अर्ब ३३ कराेड रुपैयाँ नाघेको छ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८मा सरकारी बेरुजु ४ अर्ब ८३ अर्ब ५९ करोड रुपैयाँ रहेको महोलखा परीक्षकको ५९औँ प्रतिवेदनले औँल्याएको थियो। कानुनी प्रक्रिया छलेर गरिएको खर्चलाई बेरुजु रकम भनिन्छ।

महालेखा परीक्षकको कार्यालयले प्रत्येक वर्ष चैत मसान्तमा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको छ। गत वर्ष कोरोना महामारीका कारण ढिलाइ भएको प्रवक्ता देवकोटाले जानकारी दिए।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औँ वार्षिक प्रतिवेदनको सारांश

प्रकाशित: ३० चैत २०७९ १६:३६ | Thursday, April 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast