बिहीबार साँझ ठमेलमा ‘नयाँवर्ष इभ’ कार्यक्रम हुने

हिमाल प्रेस २८ चैत २०७९ २०:१८ | Tuesday, April 11, 2023
बिहीबार साँझ ठमेलमा ‘नयाँवर्ष इभ’ कार्यक्रम हुने

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘ठमेल सडक महोत्सव’ हुने भएको छ। नेपाली नयाँ वर्ष २०८० को अवसरमा ठमेल पर्यटन विकास परिषद्ले महोत्सव आयोजना गर्न लागेको हो।

नेपाली नयाँवर्षलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गराउने उद्देश्यले ‘ठमेल सडक महोत्सव’ हुन लागेको परिषद्ले जानकारी दिएको छ। परिषद्ले मंगलबार पत्रकार सम्मेलन गरी नयाँवर्षको पूर्वसन्ध्यामा बिहीबार (चैत ३० गते) साँझ ठमेलमा सडक महोत्सव आयोजना गरिने जानकारी गराएको हो।

परिषद्का अध्यक्ष भविश्वर शर्माले नेपाली नयाँवर्षलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउन महोत्सव आयोजना गर्न लागेको बताए। ‘नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलभित्रको सडकमा विभिन्न स्टल राखेर खाना र वस्तुको प्रदर्शनी गर्नुका साथै तथा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिनेछ,’ उनले भने।

साँझ ७ बजेदेखि सुरु हुने कार्यक्रम नयाँवर्षलाई स्वागत गरेर राति साढे १२ बजे समापन हुने परिषद्ले बताएको छ। पछिल्लो समय नेपालमा विदेशी पर्यटकको संख्या बढेको जानकारी दिँदै यसले ठमेलका व्यवसायीमा नयाँ आशा जगाएको बताए।

परिषद्का महासचिव राजीव पाण्डेले ठमेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षक गन्तव्यका रूपमा थप परिचित गराउन नेपाली नयाँवर्षको पूर्वसन्ध्यामा महोत्सव आयोजना गर्न लागिएको बताए।

प्रकाशित: २८ चैत २०७९ २०:१८ | Tuesday, April 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast