काठमाडौँ र हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि

हिमाल प्रेस २८ चैत २०७९ १५:२७ | Tuesday, April 11, 2023
काठमाडौँ र हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि फाइल तस्बिर।

काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा काठमाडौँ उपत्यका र हिमाली क्षेत्रमा मूल्यवृद्धि बढी भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन-फागुनसम्म काठमाडौँ उपत्यकामा ७.९५ र हिमाली क्षेत्रमा ८.०७ प्रतिशत मूल्यवृद्धि भएको हो।

यही अवधिमा तराईमा ७.५० र पहाडमा ६.६७ प्रतिशत मूल्यवृद्धि भएको छ। गत आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म काठमाडौँ उपत्यकामा ६.३१ प्रतिशत र हिमालमा ७.५६ प्रतिशत मूल्यवृद्धि भएको थियो। गत आवको ८ महिनामा तराईमा ७.३६ र पहमाडमा ७.६९ प्रतिशत मूल्यवृद्धि थियो।

राष्ट्र बैंकका अनुसार चालु आवको फागुनमा वार्षिक बिन्दुगत आधारमा ७.४४ प्रतिशत मूल्यवृद्धि छ। गत आवमा ७.१४ प्रतिशत थियो। फागुनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ५.६४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ८.८७ प्रतिशत छ।

प्रकाशित: २८ चैत २०७९ १५:२७ | Tuesday, April 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast