सशस्त्र प्रहरीको फेसबुक पेज ह्याक

हिमाल प्रेस २८ चैत २०७९ १४:०४ | Tuesday, April 11, 2023
सशस्त्र प्रहरीको फेसबुक पेज ह्याक

काठमाडौँ- सशस्त्र प्रहरीको आधिकारीक फेसबुक पेज ह्याक भएको छ। बिहान ११ बजे उक्त फेसबुक पेज ह्याक भएको हो। ह्यक भएपछि अहिले सशस्त्र प्रहरीको प्राविधिक टोलीले त्यसबारे अध्ययन गरिरहेको प्रवक्ता राजेन्द्र खड्काले हिमालप्रेसलाई जानकारी दिए।

‘बिहान कोही अनाधिकृत व्यक्ति प्रवेश गरेर फेसबुकमा केही पोस्ट गरेको छ,’ उनले भने, ‘कसले कहाँबाट पोस्ट गर्‍यो अनुसन्धान हुँदैछ। हाम्रो प्राविधिकहरूले त्यसबारे अनुसन्धान सुरु गरिसकेका छन्।’

यसअघि नेपाली सेनाको साइबर स्पेसमा पनि हमला भएको थियो। नेपाल प्रहरीको साइबल ब्युरोको टोलीले सेनाको साइबर स्पेसमा हमला गर्नेलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

नेपाली सेनाले आन्तरिक सर्भरमा आक्रमणको सूचना आएपछि ब्युरोको टोलीले यसबारे अनुसन्धान सुरु गरेको थियो। ब्युरोले सेनाको स्पेसमा हमला गर्ने २१ वर्षका सागर ढकाललाई चैत २४ गते पोखराबाट पक्राउ गरेको थियो।

यो पनि

नेपाली सेनाको साइबर स्पेसमा हमला, पोखराबाट २१ वर्षीय सागर पक्राउ

 

प्रकाशित: २८ चैत २०७९ १४:०४ | Tuesday, April 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast