नेपाली सेनाको साइबर स्पेसमा हमला, पोखराबाट २१ वर्षीय सागर पक्राउ

हिमाल प्रेस २४ चैत २०७९ १७:०५
62
SHARES
नेपाली सेनाको साइबर स्पेसमा हमला, पोखराबाट २१ वर्षीय सागर पक्राउ जंगी अड्डा

काठमाडौँ- नेपाली सेनाको साइबर स्पेसमा हमला गर्ने व्यक्तिलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले पक्राउ गरेको छ।

नेपाली सेनाले आन्तरिक सर्भरमा आक्रमणको सूचना आएपछि ब्युरोको टोलीले यसबारे अनुसन्धान सुरु गरेको थियो। ब्युरोका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक पशुपतिकुमार रायले भने, ‘सेनाको आन्तरिक सर्भरमा हमला गरेको सूचना आएपछि हामीले अनुसन्धान सुरु गरेका थियौँ। सोहीअनुसार नै पोखराबाट २१ वर्षका सागर ढकाललाई पक्राउ गरेका हौँ।’

प्रहरीका अनुसार ढकालको स्थायी ठेगाना स्याङ्जा वालिङ नगरपालिका-१० हो। उनी हाल पोखरा महानगरपालिका-१६ बाटुलेचौर बसेर घरबेटीको इन्टरनेट प्रयोग गरी साइबर हमलामा संलग्न रहेको खुलेको छ। उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अपराधअन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु भएको छ।

प्रकाशित: २४ चैत २०७९ १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =