सांसदले गरेको भ्रष्टाचारका विषयमा संसद् चुप लागेर बस्न हुँदैन : धनराज गुरुङ

हिमाल प्रेस २७ चैत २०७९ १३:५३ | Monday, April 10, 2023
सांसदले गरेको भ्रष्टाचारका विषयमा संसद् चुप लागेर बस्न हुँदैन : धनराज गुरुङ धनराज गुरुङ

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ भ्रष्टाचारमा मुछिएको घटनाको छानबिनका लागि संसदीय समिति बनाउन माग गरेका छन्। सोमबार संसद् बैठकमा बोल्दै उनले सो घटनाको समिति बनाएर निष्पक्ष छानबिन गर्न माग गरेका हुन्।

‘सांसद्ले गरेको भ्रष्टाचार, कमिसनको सन्दर्भमा यो संसद् चुप लागेर बस्न हुँदैन,’ उनले भने, ‘कोर टिमलाई बुझाउनुपर्छ भनिएको छ, त्यसको पनि छानबिन हुनुपर्छ। यही बैठकबाट संसदीय समिति बनाएर निष्पक्ष छानबिन गर्न माग गर्दछु।’

मंसिर ४ को चुनावपछि सरकार गठन प्रक्रियामा आफू रास्वपाबाट स्वास्थ्यमन्त्री बन्न लागेको भन्दै ढाकाकुमारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ माग गरेको अडियो बाहिरिएको थियो। पार्टीले उनलाई निलम्बनमा राखेको छ।

यस्तै गुरुङले भुटानी शरणार्थी बनाएर करोडौँ रकम असुलेको घटनामा ठूलो नेताको नाम जोडिएको भन्दै संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। ‘ठूलालाई चैन, सानालाई हैन हुन्छ कि सभामुख महोदय, यसमा गृह प्रशासन काँप्न हुँदैन,’ उनले भने।

प्रकाशित: २७ चैत २०७९ १३:५३ | Monday, April 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast