अखिल नेपाल महिला संघको अध्यक्षमा टुका

हिमाल प्रेस २७ चैत २०७९ ८:४७
6
SHARES
अखिल नेपाल महिला संघको अध्यक्षमा टुका

काठमाडौँ- नेकपा एमालेको महिला भ्रातृ संगठन अखिल नेपाल महिला संघको अध्यक्षमा टुका हमाल चयन भएकी छन्।  सातौं राष्ट्रिय महाधिवेशनबाट टुका हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

एमाले नेतृ दिपा शर्माका अनुसार उपाध्यक्षहरू मेनुका काफ्ले, मेनका पोखरेल, रूकमणी राना, सुमित्रा वि।सी, शर्मिला कार्की र विमला राई पौडेल चयन भएका छन्। यस्तै महासचिवमा पेम्बा लामा चयन हुँदा उपमहासचिवमा शान्ति अधिकारी चयन भए।

सचिवहरूमा विणा राई, विना साह, शारदा कुमाल, नरदेवि पुन, बिना ज्ञवाली, मीना रखाल र आशा बिक चयन भए। यस्तै महिला संघको कोषाध्यक्ष इन्दिरा फुयाँल चयन भएकी छन्।

केन्द्रीय सदस्यको टुंगो आज लाग्ने निर्वाचन समितिले जनाएको छ।

प्रकाशित: २७ चैत २०७९ ८:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − eight =