‘फकाउन जानिन’ भन्दै आर्यन र उपासना

हिमाल प्रेस १३ मंसिर २०७९ १२:४१ | Tuesday, November 29, 2022

काठमाडौँ- फिल्म ‘डिसेम्बर फल्स’को पहिलो गीत ‘फकाउनै जानिन’ सार्वजनिक भएको छ। मेलिना राई र निशान्त भट्टराईको स्वर रहेको गीतमा शब्द र संगीत दीपक शर्माको छ।

दीपक शर्मा नै संगीत निर्देशक रहेको गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको नृत्य देख्‍न सकिन्छ। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।

फिल्ममा आर्यन र उपासना मुख्य भूमिकामा रहेका छन्। उनीहरूबाहेक फिल्ममा शिवहरि पौडेल, नागेन्द्र रिजाल, सलोन बस्नेत, नरेश भट्टराई, शिशिर राना, गीता अधिकारीलगायत कलाकारको अभिनय रहेको छ।

प्रवीण झाको निर्देशन रहेको फिल्म पुस १५ मा प्रदर्शनमा आउनेछ।

प्रकाशित: १३ मंसिर २०७९ १२:४१ | Tuesday, November 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast