भन्सार छली रोक्न सीमामा कडाइ गर्न निर्देशन

हिमाल प्रेस २० चैत २०७९ १९:२१
6
SHARES
भन्सार छली रोक्न सीमामा कडाइ गर्न निर्देशन

काठमाडौँ- भन्सारमा हुने राजस्व चुहावट रोक्न अर्थमन्त्री प्रकाशशरण महतले सीमा नाकामा कडाइ गर्न निर्देशन दिएका छन्। सोमबार केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक बोलाएर छलफल गरेपछि मन्त्री महतले भन्सार छली रोक्न सीमामा कडाइ गर्न निर्देशन दिएका हुन्।

सो समितिमा गृहमन्त्री पनि सदस्य रहने व्यवस्था छ। सोहीअनुसार बैठकमा सहभागी गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजस्व चुहावट नियन्त्रणका लागि गृहबाट आवश्यक सहयोग रहने बताए।

सोमबार बसेको समितिको बैठकले भन्सार नाकाको राजस्व चुहावट नियन्त्रण गर्ने, सीमामा गस्ती बढाउने तथा राजस्व चुहावट नियन्त्रका लागि बजार अनुगमन गर्नेलगायत निर्णय गरेको अर्थमन्त्री महतको सचिवालयले जानकारी दिएको छ।

प्रकाशित: २० चैत २०७९ १९:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 9 =