चितवन-२ : कांग्रेसका जितनारायणको प्रस्तावकमा सभापति खनाल, समर्थकमा माओवादीका अधिकारी

हिमाल प्रेस २० चैत २०७९ १६:२५
72
SHARES
चितवन-२ : कांग्रेसका जितनारायणको प्रस्तावकमा सभापति खनाल, समर्थकमा माओवादीका अधिकारी

काठमाडौँ- चितवन-२ मा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन्। पार्टी महामन्त्री विश्वप्रकाश शर्मालाई साथमा राखेर श्रेष्ठले मुख्यनिर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गरेका हुन्। वैशाख १० मा उपनिर्वाचन हुँदैछ। त्यसका लागि आज मनोनयन दर्ताको कार्यतालिका तोकिएको थियो।

श्रेष्ठको प्रस्तावकमा जिल्ला सभापति राजेश्वर खनाल र समर्थकमा माओवादी जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी छन्। यहाँ रास्वपाका रवि लामिछानेलगायतले उम्मेदवारी दर्ता गरिसकेका छन्।

प्रकाशित: २० चैत २०७९ १६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast