 
                             
                                            पोखरा– इन्द्रेणी थिएटरको प्रस्तुतिमा रहेको ‘इम्ब्रियोनिक’ नाटक जापानी थियटरमा मञ्चन हुने भएको छ। ८ र ९ अप्रिलमा जापानको इतावासीमा रहेको सबटेरेनियन थिएटरमा सो नाटक मञ्चन गरिने इन्द्रेणी थिएटर अध्यक्ष एवम् निर्देशक केदारनाथ पौडेलले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
०७६ सालमा स्थापना भएको संस्थाले नाटक तथा साहित्यका अन्य विधामा विभिन्न कार्यहरू गर्दै आएको छ। नाटकमा निर्देशक पौडेलसँगै, कपिल शर्मा र दीपेन्द्र पौडेलको पनि अभिनय छ।
शिवहरि अर्याल र अर्जुन गुरुङले संगीत दिएको यो नाटक उत्पादनमा गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोग छ।
मानिसको जीवन प्रकृतिको सुन्दर उपहारमध्ये एक हो। तर मानिसले बाँच्न नजानेको भान हुन्छ। गर्ने खाने मर्ने जाने यो जीवनको मूल ध्येय भुलेर मानिस आर्जन र सम्पत्ति आर्जनमा व्यस्त रहेको कथा नाटकले बोलेको छ।
आफ्नै मुटुसँग बेखबर छन्। जो मानिस भ्रणदेखि मृत्यु शैयामा पुगुन्जेल आफ्नै रफ्तारमा चलिरहेको हुन्छ। नाटकमा प्रस्तुत यस्तै अर्थले मानिसलाई सोच्न बाध्य बनाउने बताइएको छ। नाटकले मानव विकासक्रम र अन्त्यसम्मको संघर्षगाथा बताउने निर्देशक पौडेलको भनाइ छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 