काठमाडौँ- नेकपा एमालेले उपनिर्वाचनका लागि आज उम्मेदवारको टुंगो लगाउन केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकले उपनिर्वाचनको उमेदवार टुंगो लगाउनेछ।
बारा क्षेत्र नम्बर-२, चितवन-२ र तनहुँ-१ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदैछ। त्यसका लागि यही चैत २० गते उम्मेद्वारको मनोनयनपत्र दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ।
प्रकाशित: १८ चैत २०७९ १४:०४
प्रतिक्रिया