कांग्रेसका चार नेतालाई पार्टी छोडेको स्वर्णिमको एसएमएस

हिमाल प्रेस १६ चैत २०७९ १५:५५ | Thursday, March 30, 2023
कांग्रेसका चार नेतालाई पार्टी छोडेको स्वर्णिमको एसएमएस

काठमाडौँ- अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको सन्देश चार नेतालाई पठाएका छन्। आरजु राणाको दबदबा रहेको आरोप लगाउँदै यस्तो पार्टीमा बस्न नसक्ने भन्दै उनले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माका साथै डा.शेखर कोइराला र डा.गोविन्दराज पोखरेललाई एसएमएस पठाएका हुन्।

नेताहरूलाई एसएमएस पठाएपछि उनले मोबाइल स्विचअफ गरेका छन्। चारै नेताहरू वाग्लेलाई रोक्ने कसरतमा लागे पनि उनी सम्पर्कमा नआएको एक नेताले बताए। स्वर्णिमले कांग्रेसप्रति अपार सद्भाव र शुभेच्छा हुँदाहुँदै सभापति शेरबहादुर देउवाका साथै आरजु राणा समूहको हेपाहा स्वभावले आफूलाई निरन्तर अप्ठ्यारो पारेको बताएका छन्।

वाग्लेले आफ्नो उमेर, ज्ञान र ऊर्जाको ख्याल गर्दै जनतालाई ‘डेलिभरी’ दिने समयबारे धेरै कुर्न नसक्ने बताएका छन्।

उनले एसएमएस पठाएका चारै नेतालाई भनेका छन्, ‘कांग्रेस पार्टीमा तपाईंहरूको निर्णायक हैसियत बनेको दिन फेरि हामी जोडिनसक्ने आशा छ। त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने बाचा गर्दछु।’

कांग्रेस छोड्दै स्वर्णिमले भने : पार्टी दाइ,भाउजू, साला, भतिजको अक्षम गिरोहमा परिणत भयो

प्रकाशित: १६ चैत २०७९ १५:५५ | Thursday, March 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast