बागमती प्रदेशमा न्वागी र लदीका दिन सार्वजनिक बिदा

हिमाल प्रेस १६ चैत २०७९ ७:४८ | Thursday, March 30, 2023
बागमती प्रदेशमा न्वागी र लदीका दिन सार्वजनिक बिदा

काठमाडौँ- बागमती प्रदेश सरकारले चेपाङ समुदायको महान पर्व न्वागी र माझी समुदायको महान पर्व लदी (कोशी पूजा) मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले न्वागी र लदी पर्वमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । चेपाङ समुदायले प्रमुख धार्मिक पर्वको रूपमा मनाउने न्वागी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ भने माझी समुदायको लदी पर्व प्रत्येक वर्ष फागुन महिनाको तेस्रो मंगलबार पर्छ।

यसैगरी, बैठकले प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठलाई दिने निर्णय गरेको छ।

यसअघि प्रवक्तामा नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया थिए। एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएपछि श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।

प्रकाशित: १६ चैत २०७९ ७:४८ | Thursday, March 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast