रास्वपाले भन्यो : प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि हामी गठबन्धनमा छैनौँ

हिमाल प्रेस १५ चैत २०७९ १८:०२ | Wednesday, March 29, 2023
रास्वपाले भन्यो : प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि हामी गठबन्धनमा छैनौँ रास्वपाका प्रमुख सचेतक सन्तोष परियार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो दलका सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि सत्ता गठबन्धनमा सहभागी नभएको बताएका छन्।

बुधबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले सत्तारूढ दलहरू कांग्रेस र माओवादी केन्द्रको रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव रहेको पनि उपनिर्वाचनमा केन्द्रित हुनु परेकोले अहिले सरकारमा सहभागी नभएको बताएका हुन्।

उनले सरकारमा जाने सम्बन्धमा संवाद जारी रहे पनि हालसम्म टुंगो नलागेको बताए। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि आफूहरूप्रति सद्भाव रहेको बताए।

‘विश्वासको मत हामीले दिइसके पछाडि सामान्य अर्थमा सरकारमा रास्वपा जान्छ भन्ने नै हो। तत्कालै उपनिर्वाचन पनि आएको र विशेषगरी यो गठबन्धनमा आफैँपनि कुराहरू नमिलिसकेको अवस्था। हामी त गठबन्धनमा छैनौँ विश्वासको मत दिएपनि। हामी उपनिर्वाचनमा केन्द्रिकृत भइरहनुपर्ने भएको कारणले हामीले टुंग्याएको छैन,’ उनले भने।

प्रकाशित: १५ चैत २०७९ १८:०२ | Wednesday, March 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast