बराबरी गोलसँगै भुटान बाहिरियो, फाइनलमा नेपाल र लाओस भिड्ने

हिमाल प्रेस १४ चैत २०७९ २०:०२ | Tuesday, March 28, 2023
बराबरी गोलसँगै भुटान बाहिरियो, फाइनलमा नेपाल र लाओस भिड्ने

काठमाडौँ- ‘प्रधानमन्त्री थ्री नेसन्स कप’को लिग चरणको अन्तिम खेलमा नेपाल-भुटानले बराबरी खेल खेलेका छन्। भुटानले घरेलु टोली नेपालविरुद्ध पहिलो हाफको १९औं मिनेटमा गरेको गोल अग्रता बचाउन नसक्दा बराबरीमा रोकियो।

भुटानका लागि दावा छिरिङले प्रहार गरेको बल तेन्जिङ नोर्बुको हेड गोल गरेका थिए। नेपालले बराबरीको लागि ९० मिनेटसम्म कुर्नुपर्‍यो। नेपालका लागि दिपकराजसिंह ठकुरीले गोल गरे।
योसँगै भुटान यो प्रतियोगिताबाट बाहिरिएको छ। अब फाइनलमा नेपाल र लाओसबीच खेल हुनेछ।

१३ पटन नेपालसँग खेल्दा भुटानले आज पहिलो पटक बराबरी खेल खेलेको हो। १२ खेलमा नेपालले जित हात पारेको थियो।  फाइनल खेल चैत १७ गते हुनेछ।

प्रकाशित: १४ चैत २०७९ २०:०२ | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast