कोशी नामकरणविरुद्व आन्दोलनमा १३ जना घाइते

हिमाल प्रेस १४ चैत २०७९ १६:५८ | Tuesday, March 28, 2023
कोशी नामकरणविरुद्व आन्दोलनमा १३ जना घाइते

इटहरी- प्रदेशको नाम कोशी राखिएको भन्दै भएको आन्दोलनमा १३ जना घाइते भएका छन्। प्रदेश राजधानी विराटनगरमा मंगलबार आन्दोलनका क्रममा प्रहरीसँग झडप भएपछि १३ जना घाइते भएका हुन्।

आन्दोलनरत उग्र बन्दा प्रहरीले हवाई फायर गर्नुपरेको थियो। सो क्रममा १३ जनाभन्दा बढी घाइते भएका प्रहरीले जानकारी दिएको छ। प्रहरीकाअनुसार १३ जना घाइतेको पहिचान खुलेको छ।

घाइते हुनेमा एन के दर्नाल, शिव आङ्देम्बे, उदय नेम्बाङ, ज्ञानप्रसाद राई र सुरज राई रहेका छन्। त्यस्तै सरोज लिम्बू, अशोक राई, पदम लिम्बू, विशाल राई, रेसम राई, रोयल राई, बिमल किराँती र आस्था राई रहेका छन्। उनीहरूको विराटनगरस्थित पारस हस्पिटलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १४ चैत २०७९ १६:५८ | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast