गृह मन्त्रालयको टोलीले भेट्यो मिटरब्याजपीडित

हिमाल प्रेस १४ चैत २०७९ १६:२५ | Tuesday, March 28, 2023
गृह मन्त्रालयको टोलीले भेट्यो मिटरब्याजपीडित फाइल तस्बिर।

काठमाडौँ- गृह मन्त्रालयको टोलीले आन्दोलनरत मिटरब्याजीपीडितसँग भेटेको छ। गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा नेतृत्वको टोलीले आन्दोलनरत मिटरब्याजपीडतसँग मंगलबार भेटघाट गरेको हो।

सो क्रममा पीडितका समस्या सामाधानबारे छलफल गरिएको थियो। पीडितसँगको छलफलमा समस्या सामाधानका लागि सरकार गम्भीर रहेकाले आन्दोलन स्थगित गर्न आग्रह गरिएको हो। ‘यस विषयमा सरकार संवेदनशील र सकारात्मक छ भनेर सम्झायौँ,’ भेटघाटमा सहभागी काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्ययले भने।

पीडितले प्रधानमन्त्रीसँगै भेटेर कुरा गर्न चाहेको प्रस्ताव गरेको उनको भनाइ थियो। मिटरब्याजपीडित तराईका विभिन्न जिल्लाबाट ११ दिन हिँडेर काठमाडौँ आइपुगेका छन्।

सरकारले उनीहरूको समस्या सामाधानका लागि गृह मन्त्रालयका सहसचिव नेतृत्वमा वार्ता टोली गठन गरिसकेको छ। सरकारले मिटर ब्याजसँग सम्बन्धित कानुनलाई संसद्मा लैजाने निर्णय गर्न लागेको बताइएको छ।

प्रकाशित: १४ चैत २०७९ १६:२५ | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast