सेनाले सगरमाथासहित ४ हिमाल सफा गर्दै

हिमाल प्रेस १४ चैत २०७९ ८:२० | Tuesday, March 28, 2023
सेनाले सगरमाथासहित ४ हिमाल सफा गर्दै

काठमाडौँ- नेपाली सेनाले विश्वको सर्वोच्च शिखर सगरमाथासहित चारवटा हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गर्ने भएको छ।

सफाइ अभियानमा सहभागी हुने टोलीलाई आज विदाइ गरिदै छ। प्रमुख सेनानी, सेनानीसहित अन्य सहयोगीहरुसहितको ३ वटा टोलीलाई दिउँसो २ बजे विदाइ गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट कुहिने र नकुहिने गरी ३५ हजार किलो फोहर संकलनको लक्ष्य राखिएको छ।

सगरमाथा ल्होत्सेमा एउटै टोली खटिने प्रवक्ता भण्डारीले बताए। यही १८ गतेदेखि सुरु हुने अभियान जेठ २२ गतेसम्म सञ्चालन हुने सेनाले जनाएको छ।

प्रकृति र पर्यावरण प्रभावकारी संरक्षणका निम्ति विश्वका अग्ला हिमालको स्वच्छता कायम राख्ने सरकारको राष्ट्रिय कार्यक्रम कार्यान्वनलाई सेनाले प्राथमिकतामा राखेको छ। विश्व वातावरणमा परेको प्रतिकूल असरबारे सचेतना फैलाउन उद्देश्यले सेनाले सन् २०१९ देखि सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ।

प्रकाशित: १४ चैत २०७९ ८:२० | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast