चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा

हिमाल प्रेस १३ चैत २०७९ ८:३५ | Monday, March 27, 2023
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा खगराज अधिकारी

गण्डकी- गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा आगामी बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ।

बिदाबारे प्रदेश राजपत्रमा पनि उल्लेख छ। प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिए।

हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दसैँ मनाउने गरिन्छ। चैत्राष्टमीका बेला यहाँका शक्तिपीठ एवं देवीका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ। रासस

प्रकाशित: १३ चैत २०७९ ८:३५ | Monday, March 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast