काठमाडौँ- आगामी आर्थिक वर्ष २०८०/८१ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट करिब २२ प्रतिशतले घट्ने देखिएको छ। चालू आर्थिक वर्ष २०७९/८०को तुलनामा आगामी आर्थिक वर्षमा बजेटको आकार न्यून बनाउन सिलिङ तोकिएसँगै बजेट घट्ने भएको हो।
मन्त्रालयका लागि आगामी आर्थिक वर्षमा ८ अर्ब १३ करोड रुपैयाँ बराबरको बजेट सिलिङ तोकेको छ। उक्त सिलिङ चालू आर्थिक वर्षको तुलनामा करिब २२ प्रतिशतले कम हो। चालू आर्थिक वर्षमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट १० अर्ब ४८ करोड रुपैयाँ छ। रासस
प्रकाशित: १२ चैत २०७९ २०:४३ | Sunday, March 26, 2023
प्रतिक्रिया


