तनहुँ १ : कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार!

हिमाल प्रेस १२ चैत २०७९ १६:०५ | Sunday, March 26, 2023
तनहुँ १ : कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार!

काठमाडौँ-  वैशाख १० मा हुने उपनिर्वाचनमा तनहुँ-१ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार हुने लगभग पक्का भएको छ। गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएसँगै यहाँ उपनिर्वाचन हुँदैछ।

नेपाल विद्यार्थी संघको पूर्वअध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य भट्टराईलाई शनिबार देउवाको अस्थायी निवास धुम्बाराहीमा बसेको पदाधिकारीको बैठकले उम्मेदवार बनाउने निर्णय गरेको बताइएको छ।

सभापति शेरबहादुर देउवाले पनि पदाधिकारी बैठकको निर्णयअनुसार निर्वाचनको तयारीमा लाग्न भट्टराईलाई निर्देशन दिएको उनीनिकट स्रोतले जानकारी दिएको छ।

तर, कांग्रेसमा उम्मेदवार हुन क्षेत्र, जिल्ला हुँदै केन्द्रमा नाम आउनुपर्नेछ। तनहुँका एक नेताका अनुसार अहिलेसम्मे क्षेत्रीय समितिले बैठक राखेर जिल्लामा नामसमेत पठाएको छैन।
तर उम्मेदवार बन्नका लागि भट्टराईसहित १२ नेताले नाम टिपाएका छन्। वैशाख १० मा तनहुँ १ सहित चितवन-२ र बारा- २ मा पनि उपनिर्वाचन हुँदैछ।

प्रकाशित: १२ चैत २०७९ १६:०५ | Sunday, March 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast