नवनियुक्त आईजीपी कुँवर भन्छन् : संगठनभित्रको बेथिति हटाउँछु

हिमाल प्रेस १० चैत २०७९ १७:०५ | Friday, March 24, 2023
नवनियुक्त आईजीपी कुँवर भन्छन् : संगठनभित्रको बेथिति हटाउँछु बसन्त कुँवर

काठमाडौँ- आजमात्रै नेपाल प्रहरीको प्रमुख आईजीपी नियुक्त भएका वसन्तबहादुर कुँवरले संगठनभित्रको बेथिति हटाएर प्रहरी संगठनको छवी उच्च बनाउन आफ्नो मुख्य ध्यान हुने बताएका छन्। अहिले भइरहेका राम्रा कामहरूलाई निरन्तरता दिँदै बेथितिहरूको पहिचान गर्ने र समस्याको समाधान गर्न आफू लागिपर्ने उनको भनाइ छ।

‘प्रहरी संगठनभित्र रहेका राम्रा कामलाई निरन्तरता दिने र बेथितिहरू पहिचान गरी त्यसलाई हटाउने मेरो लक्ष्य रहनेछ,’ कुँवरले हिमालप्रेससँग कुरा गर्दै भने, ‘सबै तहका प्रहरी अधिकारीको हौसला बढाउने, प्रोत्साहन गर्ने र मनोबल उच्च बनाउनेमा मेरो ध्यान हुनेछ।’ उनले आन्तरिक शुद्धीकरण पनि आफ्नो प्राथमिकतामा रहने बताए।

शुक्रबार बसेको मन्त्रिपरिषद्‌ बैठकले उनलाई नेपाल प्रहरीको प्रमुख बनाउने निर्णय गरेको हो। कुँवर २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए।

वसन्त कुँवरलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय

 

प्रकाशित: १० चैत २०७९ १७:०५ | Friday, March 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast