काठमाडौँ- दशरथ रंगशालामा सुरु भएको ‘थ्री नेसन्स कप’अन्तर्गत नेपाल र लाओसबीचको खेलमा नेपालले अग्रता लिएको छ। खेलको पहिलो हाफमा नेपालले १-० गोलले अग्रता लिएको हो।
खेलको २९ औं मिनेटमा नविन लामाले कर्नरबाट प्रहार गरेको बललाई अनन्त तामाङले हेडमार्फत सुन्दर गोल गरे। आजको खेलमा रक्षक सनिस श्रेष्ठले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन्। नेपाली टिमको कप्तानी गोलरक्षक किरणकुमार चेम्जोङले गरेका छन्। त्यस्तै विकास खवास, अनन्त तामाङ, रोहित चन्द डिफेन्डर छन्। एरिक विष्ट, पुजन उपरकोटी, नविक लामा मिडफिल्डर छन्। त्यस्तै भरत खवास, नवयुग श्रेष्ठ, आयुस घलान फरवार्डको रुपमा मैदान उत्रिएका छन्।
नेपालले अहिलेसम्म लाओससँग दुई पटक खेलेको छ। दुईमा एकमा जित र एकमा बराबरी खेलेको थियो।
प्रकाशित: ८ चैत २०७९ १८:५१ | Wednesday, March 22, 2023
प्रतिक्रिया





