बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिँदै

हिमाल प्रेस ८ चैत २०७९ ७:१५ | Wednesday, March 22, 2023
बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिँदै मुख्यमन्त्री

काठमाडौँ- बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्रीको लागि विश्वासको मत पाएको ६८ दिनपछि उनले फेरि विश्वासको मत लिनु परेको हो।

बागमती प्रदेशसभाको आज बस्ने बैठकमा उनले विश्वासको मत लिने भएका हुन्। बैठक आज अपराह्न ३ बजे बस्ने गरी बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेश सभामा मुख्यमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश सभामार्फत पुनः विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री जम्मकट्टेलले यसअघि पहिलो पटक गत माघ ३ गते विश्वासको मत लिएका थिए।

प्रकाशित: ८ चैत २०७९ ७:१५ | Wednesday, March 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast