 
                             
                                            बागमती- बागमती प्रदेशमा नेपालीसँगै सरकारी कामकाजको भाषाका रूपमा नेवारी र तामाङ भाषा प्रयोगका लागि कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढाइएको छ। सोमबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा तामाङ र नेवारी भाषा कार्यान्वयन समितिको सम्पन्न बैठकले नेवारी र तामाङ भाषा कार्यावन्यनको प्रक्रिया अगाडि बढाएको हो।
बैठकले तामाङ र नेवारी भाषा कार्यावन्यनका लागि एक महिनाभित्र ऐन ल्याउने र त्यसपछि कार्यान्वयन गर्ने भएको जनाएको छ। धेरै संख्यामा तामाङ र नेवार समुदायको बसोबास रहेको बागमती प्रदेशमा आमनागरिकलाई थप सहज वातावरण बनाउनका लागि भाषासम्बन्धी ऐन ल्याउन लागिएको मुख्यमन्त्री कट्टेलले जानकारी दिए।
भाषा कार्यान्वयन समितिका अध्यक्ष तथा वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले एक महिनाभित्र भाषा कार्यान्वयन प्रक्रिया पूरा गर्नका लागि वैशाखभित्र संसद्मा पेस गरिने बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 