आज पनि आज राहदानी विभाग खुला रहने

हिमाल प्रेस ७ चैत २०७९ ७:३१ | Tuesday, March 21, 2023
आज पनि आज राहदानी विभाग खुला रहने राहदानी विभाग

काठमाडौँ- काठमाडौँ उपत्यकामा आज (मंगलबार) घोडेजात्रा पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि राहदानी विभाग भने खुला रहने भएको छ।

सरकारले घोडेजात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको छ।

विभागका सूचना अधिकारी खिमानन्द भुसालले मंगलबार बिहान १० देखि दिउँसो साढे २:३० बजेसम्म विभाग खुल्ने र सेवा प्रदान गरिने बताए।

मंगलबारका लागि ८०० जनाले राहदानीको फर्म भरेकोले २स्३० बजेसम्म सेवा दिने भुसालले जानकारी दिए।

 

प्रकाशित: ७ चैत २०७९ ७:३१ | Tuesday, March 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast