 
                             
                                            लुम्बिनी– बुटवलमा जारी २२ औँ तिलोत्तमा गोल्डकपमा विभागिय टोली शसस्त्र प्रहरी बल (एपीएफ) लाई हराउँदै फ्रेन्डस क्लब सेमिफाइनलमा पुगेको छ।
सोमबार बुटवल देविनगरस्थित एन्फा खेल मैदानमा भएको तेस्रो खेलमा फ्रेन्डस क्लब ले २-१ गोल अन्तरले एपीएफलाई पराजित गर्दै अघिल्लो यात्रा तय गरेको हो।
निकै प्रतिष्प्रर्धात्मक भएको खेलमा २-० को अन्तर भोगिरहेको एपीएफले एक गोल गर पनि जितको लागि पर्याप्त भएन।
फ्रेन्डसको तर्फबाट खेलको डोना थापा र विदेशी खेलाडी राफिक आमेनुले १-१ गोल गरेका थिए।
एपीएफको तर्फबाट ९० मिनेट पछिको इन्जुरी समयमा वीरेन्द्रले गोल गरे पनि खेलमा फर्किंन भने सकेकनन्। खेलमा म्यान अफ द म्याचबाट पुस्कृत हुँदै फ्रेन्डस क्लबका राफिया एमान्डुले ११ हजार १ सय ११ रुपैयाँ, यति हेल्मेट र करेन्ट चाउचाउ प्राप्त गरेका थिए।
प्रतियोगिताअन्तर्गत मंगलबार नेपाल पुलिस क्लब र मनाङ मस्याङदीविच प्रतिस्पर्धा हुनेछ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित ८ टिम सहभागीता छ।
प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने छन। गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ।


 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 