स्ववियु निर्वाचन : अनेरास्ववियु पछ्याउँदै नेविसंघ

हिमाल प्रेस ६ चैत २०७९ १९:१७ | Monday, March 20, 2023
स्ववियु निर्वाचन : अनेरास्ववियु पछ्याउँदै नेविसंघ

काठमाडौँ- स्ववियु निर्वाचनको मतपरिणामा आउने क्रम जारी छ। आइतबार मतदान भएका क्याम्पसको हालसम्म प्राप्त मतपरिणामअनुसार नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले १०७ कलेजमा विजयी हासिल गरेको छ।

नेपाल विद्यार्थी संघले ७८, अखिल क्रान्तिकारीले ४७, नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियू, जनमत पार्टीको विद्यार्थी संगठन जनमत विद्यार्थी संघ, राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठन अखिल छैठौँलगायतले ८ वटा क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका छन्।

४७ वटा क्याम्पसमध्य केहीमा मतगणना सुरु भएको छ भने केहीमा मतगणना हुन बाँकी छ। ६५ क्याम्पसमा भने निर्वाचन स्थगित भएको छ। उपत्यका भित्रकै त्रिचन्द्र क्याम्पसले चैत ९ गते स्ववियु निर्वाचन गर्नेगरी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ।

आइतबार निर्वाचन हुन नसकेका आंगिक क्याम्पसहरू आर्युवेद क्याम्पस, पाटन संयुक्त क्याम्पस, अमृत साइन्स क्याम्पस, नेपाल कमर्स क्याम्पस मीनभवन, विश्वभाषा क्याम्पस र रत्नराज्यलक्ष्मी क्याम्पसमा निर्वाचनकाे मिति ताेक्न विश्विविद्यालयले निर्देशन दिएकाे छ।

प्रकाशित: ६ चैत २०७९ १९:१७ | Monday, March 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast