चैत ११ देखि महिला नेतृत्व शिखर सम्मेलन हुँदै

हिमाल प्रेस ६ चैत २०७९ १६:५६ | Monday, March 20, 2023
चैत ११ देखि महिला नेतृत्व शिखर सम्मेलन हुँदै

काठमाडौँ– नेपाल उद्योग परिसंघले आगामी चैत्र ११ र १२ गते ‘महिला नेतृत्व शिखर सम्मेलन’ आयोजना गर्ने भएको छ।

परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौँमा हुन लागेको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको सोमबार जानकारी गराइएको हो।

कोभिड-१९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको हो।

कोभिड-१९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल र समाधान खोज्ने उद्देश्य सम्मेलनको रहेको परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले बताए।

सम्मेलनमा लैंगिक समानताका विषयसहित महिला नेतृत्वहरूबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाका सफलता सुनाउने, महिलाहरूलाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसर प्राप्त हुने उनले बताए।

नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान र परिवर्तनका संवाहक महिला विषयमा छुट्टाछुट्टै सत्रमा छलफल हुने परिसंघ महिला उद्यमी मञ्च सभापति छायाँ शर्माले जानकारी दिइन्।

उनले सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिस, जर्मनीलगायत मुलुकका विभिन्न क्षेत्रमा स्थापित व्यक्तित्वहरूको सहभागिता रहने बताइन्।

सम्मेलनमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पुर्‍याएका दुई महिलालाई सम्मान गरिने छ। साथै उद्यमशीलता प्रवर्द्धनका लागि महिला उद्यमीबाट उत्पादित स्वदेशी वस्तुको प्रदर्शनीसमेत गरिने छ।

दुई दिने महिला नेतृत्व शिखर सम्मेलनको निष्कर्ष एवम् सुझाव नेपाल सरकारलाई हस्तान्तरण गरिने छ।

प्रकाशित: ६ चैत २०७९ १६:५६ | Monday, March 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast