सीके राउतको टिप्पणी- सरकारले मलको मूल्य घटाउनु गधाको भारी घटाएजस्तो

हिमाल प्रेस ६ चैत २०७९ १६:१० | Monday, March 20, 2023
सीके राउतको टिप्पणी- सरकारले मलको मूल्य घटाउनु गधाको भारी घटाएजस्तो फाइल तस्बिर

काठमाडौँ– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री प्रष्पकमल दाहाल ‘प्रचण्ड’ले मलखादको मूल्य घटाउने निर्णय स्वागतयोग्य भएको बताएका छन्।

सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘सरकारले बढाएको मलखादको मूल्य प्रधानमन्त्रीले घटाएर स्वागतयोग्य निर्णय गर्नु भएको छ। तर यो गधालाई भारीसहित ढुंगा पनि बोकाएर पछि ढुंगाचाहिँ फालेर अरू भारी गधालाई नै बोकाइरहेजस्तो हो। यद्यपि, यो निर्णय ठिक छ,’ उनले भने।

उनले पुसमा पनि प्रधानमन्त्री प्रचण्डलाई आफ्नो पार्टीले विश्वासको मत दिएको र आज पनि विश्वासको मत दिने स्पष्ट पारे।

उनले नेपालमा गणतन्त्र र संघीयता नयाँ एजेन्डा नभएको दाबी गर्दै जनतालाई सेवा दिने विषयचाहिँ महत्त्वपूर्ण भएको बताए।

‘नेपालमा गणतन्त्र पहिले पनि थियो। बाइसे, चौबीसे राज्य र नेपाल मण्डल पहिले पनि थियो। तर अहिलेको गणतन्त्रमा जनताले के कति सेवासुविधा पाउन सके योचाहिँ महत्त्वपूर्ण विषय हो,’ उनले भने।

प्रकाशित: ६ चैत २०७९ १६:१० | Monday, March 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast