रोयल इनफिल्डका दुई नयाँ शोरुम सुरुवात

हिमाल प्रेस ५ चैत २०७९ १८:१० | Sunday, March 19, 2023
रोयल इनफिल्डका दुई नयाँ शोरुम सुरुवात

काठमाडौँ– अल्फा अटोमोटिभ प्रालिले काठमाडौँको नारायणचौर र कोटेश्वर बालकुमारी पुलनजिकै दुई नयाँ शोरुमको सुरुवात गरेको छ। शोरुमले मोटरसाइकल बिक्रीका साथै स्पेयर पार्टस् र बिक्रीपछिको सेवा दिनेछन्।

अल्फा अटोमोटिभ रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि अधिकारिक बिक्रेता हो। अल्फा त्रिवेणी ग्रुपअन्तर्गतको कम्पनी हो। ग्रुपका अध्यक्ष पुरुषोत्तमलाल संघाईले दुवै शोरुमको उद्घाटन गरेका हुन्। रोयल इनफिल्ड मोटरसाइकलका सबै शोरुम‘वाइकर्स होमको’अवधारणामा निर्माण गरिएको छ।

अल्फा अटोमोटिभले अहिले ६ स्थानमा शोरुम सञ्चालन गरिरहेको छ। यही महिनाभित्र कम्पनीले सुर्खेत, झापा, भक्तपुरलगायत स्थानमा थप चार शोरुम सञ्चालन गर्ने जनाएको छ।

यस्तै चालु आर्थिक वर्षभित्र दाङ, नेपालगञ्ज, नारायणघाट, हेटौँडालगायत ८ स्थानमा शोरुम सुरु गर्ने योजनामा रहेको छ। रोयल इनफिल्ड विश्वकै पुरानो मध्येको एक मोटरसाइकल कम्पनी हो। जसले सन् १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन र वितरण गर्दै आइरहेको छ।

प्रकाशित: ५ चैत २०७९ १८:१० | Sunday, March 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast