मोटरसाइकल चोरीमा संलग्न एक पक्राउ, सुरक्षित स्थानमा पार्किङ गर्न प्रहरीको अनुरोध

हिमाल प्रेस ११ वैशाख २०८३ ६:१४ | Friday, April 24, 2026
8
SHARES
मोटरसाइकल चोरीमा संलग्न एक पक्राउ, सुरक्षित स्थानमा पार्किङ गर्न प्रहरीको अनुरोध

काठमाडौँ- मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ट्राफिक प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको छ।

काठमाडौँको तार्केशवर नगरपालिका लोलाङ हाइटस्थित सडकखण्डबाट बा७९प ८७४६ नम्बरको ग्रे रङको मोटरसाइकल हराएको भनी निवेदन परेकाले उक्त नम्बरको मोटरसाइकल खोजी गर्दा तार्केश्वर नगरपालिका–७ नागपोखरीस्थित सडकबाट वास्तविक नम्बर परिवर्तन गरी बा७३प ९९६० नम्बर राखी चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनले भने, ‘उक्त मोटरसाइकल चोरी कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ। उक्त विषयमा अन्य अनुसन्धान भइरहेकाले पक्राउ परेका व्यक्तिको नाम अहिले गोप्य राखेका छौँ।’

हराएका सवारीसाधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए तापनि सवारीधनी स्वयं सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न पनि प्रवक्ता सुवेदीले आग्रह गरे।

आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गर्नुका साथै मानिसको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले सम्पूर्णमा अनुरोध गरेको छ।

सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारीसाधनको विवरणसहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रवक्ता सुवेदीले बताए।

प्रकाशित: ११ वैशाख २०८३ ६:१४ | Friday, April 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast