एमालेको आरोप : प्रधानमन्त्रीले संसद्‌लाई महत्व दिएनन्

हिमाल प्रेस ५ चैत २०७९ १४:५४ | Sunday, March 19, 2023
एमालेको आरोप : प्रधानमन्त्रीले संसद्‌लाई महत्व दिएनन्

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीले संसद्लाई महत्व नदिएको आरोप लगाएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा एमाले सांसदहरूले प्रधानमन्त्री स्वयं संसद्‌मा रहँदारहँदै अर्को व्यक्तिलाई पेस गर्न दिनु संसद्प्रतिकै अवहेलना भएको भन्दै विरोध जनाएका हुन्।

साथै उनीहरूले महत्वपूर्ण विधेयकहरू मन्त्रीलाई पेस गर्न दिएर प्रधानमन्त्रीले संसदलाई महत्व नदिएको आरोप लगाएका छन्।  संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक पेस गर्नका लागि प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचाप्रविधिमन्त्री रेखा शर्मालाई समय दिएपछि एमाले सांसद योगेश भट्टराईले प्रधानमन्त्री नै संसद्‌मा उपस्थित भएको अवस्थामा अर्को मन्त्रीले विधेयक पेस गर्नु सुहाउँदो नभएको भन्दै विधेयक पेसका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्न माग गरे।

त्यस्तै एमाले सांसद रघुजी पन्तले पनि सरकार जन्माउने संसद्लाई प्रधानमन्त्रीले महत्व दिए संसद्कै गरिमा बढ्ने बताए। संसद्को शून्य समयमा सांसदहरूले उठाएको कुराको प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्ने भन्दै उनले प्रधानमन्त्रीलाई जवाफ दिनका लागि संसद्‍बाट रुलिङको माग गरे।

शून्य समयमा जनताका विभिन्न विषयहरूलाई सांसदले उठाए पनि सरकारले वास्ता नगरेको पन्तको भनाइ छ।

प्रकाशित: ५ चैत २०७९ १४:५४ | Sunday, March 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast