बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी संशोधन गर्न बनेको विधेयक संसद्‌मा पेस

हिमाल प्रेस ५ चैत २०७९ १४:४५ | Sunday, March 19, 2023
बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी संशोधन गर्न बनेको विधेयक संसद्‌मा पेस

काठमाडौँ- बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ प्रतिनिधिसभाको बैठकमा पेस भएको छ। आज आइतबारको बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयक पेस गरिन्।

बैठकमा राप्रपाका सांसद ज्ञानबहादुर शाही र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना दर्ता गराएका थिए। उक्त सूचना बैठकको बहुमत संख्याले अस्वीकार गरेको छ।

शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन र संक्रमणकालीन न्यायमा बाँँकी रहेका काम सम्पन्न गर्नका लागि विधेयक पेस गरिएको सरकारको भनाइ छ। शनिबार बसेको सत्ता गठबन्धन दलको बैठकले उक्त विधेयक पेस गर्ने निर्णय गरेको थियो।

प्रकाशित: ५ चैत २०७९ १४:४५ | Sunday, March 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast