काठमाडौँ- संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि)सम्बन्धी पहिलो संशोधन विधेयक-२०७९ प्रतिनिधिसभा बैठकमा पेस भएको छ। आज आइतबारको संसद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गरेकी हुन्।
बैठकमा विधेयकमाथि सांसद् प्रेम सुवालले राखेको विरोधको सूचना बहुमतले अस्वीकृत गरेको छ।
प्रकाशित: ५ चैत २०७९ १४:१२ | Sunday, March 19, 2023
प्रतिक्रिया




